कोरोनाको जोखिम बढेपछि वडा कार्यालय बन्द
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • फिचर

    कोरोनाको जोखिम बढेपछि वडा कार्यालय बन्द

    खबरपुञ्ज संवाददाता

    २० श्रावण २०७७, मंगलवार

    तनहुँ । तनहुँको व्यास नगरपालिकाले कोरोनाको जोखिम बढेपछि वडा नं ९ को कार्यालय बन्द गर्ने निर्णय गरेको छ । कोभिड–१९ बाट वडामा सङ्क्रमितको सङ्ख्या बढ्न सक्ने भएकाले नगरपालिकाले उक्त वडाको सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरेको हो ।

    अर्को सूचना नभएसम्मका लागि उक्त वडा बन्द रहने व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तले जानकारी दिनुभयो ।

    वडाध्यक्ष सुरेश थापाका अनुसार केही दिन अगाडी वडाका एक जनामा कोरोना पुष्टि भएको थियो । अमेरिकाबाट भारत हुँदै घर फर्किएका उनलाई गाउँको एक विद्यालयमा राखिएको थियो । “अमेरिकाबाट भारत हुँदै उनी वडामा आएका थिए,” थापाले भन्नुभयो, “उनका बुबा भारतमा रहेकाले त्यहाँ केही दिन बसेको खुलेको छ ।” ती व्यक्तिसँगै आएका अर्का व्यक्तिमा भने कोरोना पुष्टि भएको थिएन ।

    ती व्यक्तिमा कोरोना पुष्टि भएपछि नगरपालिकाले सर्वसाधारण, वडाका कर्मचारी लगायतका २६ जनाको पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गरेको छ ।