


तनहुँ, ११ कात्तिक । तनहुँको व्यास नगरपालिका–४, दमौलीका तीर्थखेम गुरुङको शब्द तथा संगीतमा तयार भएको नयाँ गीतको भिडियो कात्तिक १३ गते सार्वजनिक गरिने भएको छ।
चर्चित गायिका मेलिना राई र गायक सन्तोष परियारको स्वर रहेको उक्त गीतको भिडियोमा प्रदीप लामा र चाहना मगरले अभिनय गरेका छन्। गीतको भिडियो दमौली तथा आसपासका विभिन्न स्थानमा छायांकन गरिएको हो।
स्थानीय सर्जक तीर्थखेम गुरुङको शब्द तथा संगीत रहेको गीतमा चर्चित गायक–गायिकाको स्वर र कलाकारहरूको अभिनय समेटिएकाले गीतप्रति दर्शक तथा श्रोताको चासो बढ्ने अपेक्षा गरिएको छ।
कात्तिक १३ गते सार्वजनिक हुने तयारीमा रहेको गीतले दमौली तथा तनहुँको स्थानीय पहिचानलाई समेत गीत–संगीतमार्फत उजागर गर्ने विश्वास गरिएको छ।