व्यासमा रास्वपाद्वारा महिलालाई स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न प्रेरित गर्ने प्रशिक्षण कार्यक्रम आयोजना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यासमा रास्वपाद्वारा महिलालाई स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न प्रेरित गर्ने प्रशिक्षण कार्यक्रम आयोजना

    खबरपुञ्ज संवाददाता

    २ मंसिर २०८३, बुधबार

    तनहुँ, २ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) व्यास नगर समितिले महिलालाई आगामी स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न प्रेरित गर्ने उद्देश्यले प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ।

    मंसिर ३ गते बिहीबार हुने कार्यक्रममा रास्वपाका केन्द्रीय सदस्यद्वय पवित्रा थापा र विष्णु गुरुङ एकताले प्रशिक्षण दिने कार्यक्रम तय भएको रास्वपा व्यास नगर सभापति चुडामणि दाहालले जानकारी दिएका छन्।

    नगरपालिकाभित्र रहेका पार्टीका सम्पूर्ण महिला सदस्य तथा दिदीबहिनीहरूलाई कार्यक्रममा सहभागी हुन उनले अनुरोध गरेका छन्। महिलाको राजनीतिक सहभागिता बढाउने र स्थानीय तहको निर्वाचनमा नेतृत्वदायी भूमिकाका लागि प्रोत्साहित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको उनको भनाइ छ।

    त्यसैगरी, व्यास नगरपालिकाका सबै वडा सभापतिहरूलाई आ–आफ्नो वडामा रहेका महिला सदस्यहरूलाई कार्यक्रमबारे जानकारी गराई सहभागिताका लागि पठाइदिन नगर सभापति दाहालले आग्रह गरेका छन्।