


तनहुँ, १२ कात्तिक । तनहुँमा प्रहरीले सञ्चालन गरेको सर्च एण्ड स्विप अपरेसनका क्रममा पाँचवटा बुलेट मोटरसाइकलसहित ११ जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहतका प्रहरी इकाईबाट खटिएको प्रहरी टोलीले बुधबार लागुऔषध नियन्त्रण, अवैध मदिरा, शान्ति सुरक्षा कायम, फरार व्यक्ति पक्राउ, चोरी नियन्त्रण तथा प्राकृतिक स्रोतसाधनको अनधिकृत प्रयोग नियन्त्रणलगायतका उद्देश्यले अपरेसन सञ्चालन गरेको हो।
उक्त कारबाहीका क्रममा पाँचवटा बुलेट मोटरसाइकलसहित १० जना र अन्य एक जनालाई गरी जम्मा ११ जनालाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरिक्षक द्वारिकाप्रसाद घिमिरेले बताए ।
नियन्त्रणमा लिइएकामध्ये आवश्यक सोधपुछपछि नौ जनालाई आफन्तको जिम्मा लगाइएको छ भने दुई जनामाथि थप अनुसन्धान भइरहेको छ।