कोरोनाबाट एकै दिन तीनको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    कोरोनाबाट एकै दिन तीनको मृत्यु

    खबरपुञ्ज संवाददाता

    २१ श्रावण २०७७, बिहीबार

    काठमाडौ । कोरोना भाइरस (कोभिड-१९) को सङ्क्रमणबाट नेपालमा एकै दिन तीन जनाको मृत्यु भएको छ । पर्सामा दुई र काठमाडौंमा एक जनाको कोरोनाबाट मृत्यु भएको हो ।

    यससँगै कोरोना सङ्क्रमणबाच नेपालमा मृत्यु हुनेको सङ्ख्या ६६ पुगेको छ । पछिल्लो दुई दिनमा मात्र ९ जनाको मृत्यु भएको छ ।

    समुदाय स्तरमा सङ्क्रमण फैलिएको मानिएको पर्सामा कोरोनाबाट दुई जनाको मृत्यु भएको पुष्टि भएको छ । साउन २० गते राति आफ्नै घरमा मृत्यु भएका वीरगञ्ज-११ मुर्लीका ८० वर्षीय वृद्धमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । मृत्युपछि नारायणी अस्पतालको प्रयोगशालाबाट गरिएको परीक्षणमा कोरोना सङ्क्रमण पुष्टि भएको अस्पतालका मेसु डा. मदन उपाध्यायले जानकारी दिनुभयो ।

    यस्तै काठमाडौमा पनि कोरोना सङक्रमणका कारण एकजनाको मृत्यु भएको छ । ओम अस्पताल चाबहिलमा उपचारका क्रममा मृत्यु भएकी धनुषाको मिथिला नगरपालिका-१० लालगढकी ७२ वर्षीया महिलामा सङ्क्रमण पुष्टि भएको हो । दम, होइपोथाइरोडिजम र उच्च रत्तचापका विरामी उनलाई श्वासप्रश्वासमा समस्या हुनुका साथै पेट दुखेर धनुषाबाट ओममा ल्याइएको थियो । १७ गते आईसीयूमा भर्ना भएकी उनको उपचारका क्रममा बुधबार मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।