के सरकारले पुन: लकडाउन गर्दैछ ?
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    के सरकारले पुन: लकडाउन गर्दैछ ?

    खबरपुञ्ज संवाददाता

    २१ श्रावण २०७७, बिहीबार

    काठमाडौ । कोभिड-१९ को जोखिम दिनप्रतिदिन बढ्दै गइरहेपनि सरकारले पुन: लकडाउन हुने अवस्था नरहेको प्रष्ट पारेको छ । सरकारका प्रवक्ता समेत रहनुभएका सूचना तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले तत्काललाई विगतको जस्तो देशव्यापी लकडाउन नहुने जानकारी दिनुभयो ।

    मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न बिहीबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री खतिवडाले चैत ११ गतेको जस्तो लकडाउनबारे सरकारले केही पनि नसोचेको प्रष्ट पार्नुभयो ।

    तर कोभिड–१९ को जोखिम हेरेर जिल्ला प्रशासन कार्यालय र स्थानीय सरकारहरूले भने लकडाउनबारे निर्णय लिन सक्ने मन्त्री खतिवडाले जानकारी दिनुभयो । स्थानीय प्रशासनको निर्णय अनुसार केही जिल्लामा लकडाउन रहेको उल्लेख गर्दै उहॉले भन्नुभयो, “पूर्र्ण लकडाउन हुन्छ की भनेर त्रस्त हुनुपर्ने अवस्था छैन ।”

    सङ्क्रमणको जोखिम नभएको ठाउँमा खुकुलो र सङ्क्रमण भएको ठाउँमा कडा गर्ने सरकारको नीति रहेको उहॉको भनाइ छ ।