कति पुग्याे सुनकाे भाउ ?
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    कति पुग्याे सुनकाे भाउ ?

    खबरपुञ्ज संवाददाता

    २३ श्रावण २०७७, शुक्रबार

    काठमाडौ । दैनिक कीर्तिमान बनाइरहेको सुनको भाउले बिहीबार थप रेकर्ड बनाएकाे छ । शुक्रबार सुनको भाउ तोलामा रु एक हजार रु एक लाख तीन हजार पाँच सय पुगेकाे छ ।

    बिहीबार ताेलामा रु ११ सय बढेर सुनको भाउ तोलाको रु एक लाख दुई हजार पाँच सय निर्धारण भएको थियो ।  अन्तर्राष्ट्रिय बजारमा सुनमा लगानीकर्ता आकर्षित भएको तर उत्पादन कम भएको तथा ठूला देशबीच द्वन्द्व बढ्दै गएकाले सुनको भाउ लगातार उकालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएकाे छ ।

    यस्तै चाँदीको भाउले पनि शुक्रबार रेकर्ड बनाएको छ । चाँदी तोलामा रु ६० बढेर तोलाको रु १ हजार चार सय पाँच पगेको छ ।