आदिवासी दिवसमा सार्वजनिक बिदा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    आदिवासी दिवसमा सार्वजनिक बिदा

    खबरपुञ्ज संवाददाता

    २४ श्रावण २०७७, शनिबार

    तनहुँ । तनहुँको व्यास नगरपालिकाले विश्व आदिवासी दिवसको अवसरमा आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नगरपालिकाले आइतबार परेको २६ औ विश्व आदिवासी दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

    गत माघ २४ गते बसेको ३२ औ नगरसभाको बैठकले आदिवासी दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको नगरपालिका शाखा अधिकृत मेघनाथ आचार्यले जानकारी दिनुभयो । सार्वजनिक बिदाको अवसरमा नगरपालिका अन्तर्गतका सम्पूर्ण कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था (अत्यावश्यक सेवा बाहेक) बन्द रहनेछन् । स्थानीय सरकारले पर्व तथा महत्वपूर्ण दिनहरुमा सार्वजनिक बिदा दिने निर्णय गर्न सक्छन् ।

    जिल्लाका विभिन्न स्थानीय तहले विशेष दिनमा सार्वजनिक बिदाको घोषणा गर्दै आएका छन् । व्यास नगरपालिकाले व्यास जयन्ती, शहीद दिवस, भानु नगरपालिकाले भानु जयन्ती, म्याग्दे गाउँपालिकाले मगर दिवस, शुक्लागण्डकी नगरपालिकाले एकादशी पर्वमा सार्वजनिक बिदा दिएका थिए ।