तनहुँ । साविक गुणादीको दभुङ घर भई हाल व्यास नगरपालिका-४ दमौली बस्ने मिर्गौला पीडित रामलाल श्रेष्ठको उपचारमा सहयोग पुर्याउन समाज गठन गरिएको छ ।
दुवै मिर्गौला फेल भएर विगत १८ महिनादेखि उपचाररत श्रेष्ठको उपचारमा सहयोग पुर्याउन रकम सङ्कलन गर्न समाज गठन गरिएको हो । साविक जामुने, मनपाङ र छाङ स्थायी घर भएका स्थानीयको भेलाले भाग्यशाली ढुङ्गानाको संयोजकत्वमा म्याग्दे दमौली सम्पर्क समाज गठन गरेको हो ।
भेलाले समाजको उपसंयोजकमा मनिराज थापा, सचिवमा पदम कुमार श्रेष्ठ, कोषाध्यक्षमा मनोज अधिकारी, सदस्यहरुमा हरिशरण वाग्ले, वलराम वाग्ले र राजकुमार श्रेष्ठ वि.वि. लाई सर्वसम्मत चयन गरेको छ ।
समाजले म्याग्देमा रहेका परिवारलाई परेको दुख, कष्टमा सहजीकरणको भूमिका खेल्ने समाजका संयोजक ढुङ्गानाले बताउनुभयो । “ यो विशुद्ध समाजिक संस्था हो, यसले म्याग्दे घर भएका सबैलाई समस्या परेको बेला सहयोग गर्न सहजीकरण गर्नेछ,” उहॉले भन्नुभयो ।
साउन २१ गते कामकै शिलशिलामा रामलालका छोरा सुवासको करेन्ट लागेर मृत्यु भएको थियो । श्रेष्ठ परिवारमा पीडा माथि पीडा थपिएकाले उहॉको परिवारलाई सहयोगको खॉचो रहेको उपसंयोजक मनिराज थापाले बताउनुभयो ।
सहयोग गर्न इच्छुकले एन.एम.बी बैङ्कको दमौली शाखामा रहेको रामलालको खाता नं १२८०१००५५९५०००११ रकम जम्मा गर्न सक्नेछन् ।