नेपाली सेनालाई १० वटा भेन्टिलेटर सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    नेपाली सेनालाई १० वटा भेन्टिलेटर सहयोग

    खबरपुञ्ज संवाददाता

    २४ श्रावण २०७७, आईतवार

    काठमाडौ । भारतले कोरोना भाइरस (कोभिड-१९) महामारीविरुद्ध लड्न नेपाली सेनालाई १० वटा  भेन्टिलेटर सहयोग गरेको छ ।आइतबार जङ्गी अड्डामा आयोजित एक कार्यक्रममा भारतीय राजदूत विनय मोहन क्वात्राले प्रधानसेनापति पूर्णचन्द्र थापालाई हस्तान्तरण गर्नुभयो ।

    कोरोना महामारी रोकथाम, प्रतिकार्य र नियन्त्रणको लागि नेपाल सरकारले जारी गरेको कोभिड-१९ प्रतिकार्य राष्ट्रिय अभियान योजना सफल पार्न भारतले भेन्टिलेटर उपलब्ध गराएको नेपाली सेनाले जनाएको छ ।

    दुई करोड ८० लाख भारतीय रुपैयाँ बराबर मूल्यका भेन्टिलेटरहरु कोभिड-१९ का बिरामीको उपचारमा उपयोग हुने दूतावासले अपेक्षा गरेको छ ।