तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले मास्क प्रयोग नगरी हिँडडुल गर्ने ४६ जनालाई सोमबार कारवाही गरेको छ । कोभिड-१९ को जोखिम कायम रहेको बेला मास्क प्रयोग गर्न गरिएको आग्रह अटेरी गरेपछि ४६ जनालाई रु एक सयका दरले जरीवाना तिराइएको प्रहरीले जनाएको छ ।
कारवाही गरिएकाहरुलाई मास्क वितरण गरी कोरोना भाइरसका बारेमा जानकारी गराइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सनाले जानकारी दिनुभयो ।
प्रहरीले पछिल्लो समय मास्क प्रयोग नगर्नेलाई कारवाही गर्ने अभियान जारी राखेको छ ।