लक्ष्य ८ अर्ब ६० कराेड, उठ्याे ७ अर्ब ३४ कराेड
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    लक्ष्य ८ अर्ब ६० कराेड, उठ्याे ७ अर्ब ३४ कराेड

    खबरपुञ्ज संवाददाता

    २७ श्रावण २०७७, मंगलवार

    तनहुँ । आन्तरिक राजश्व कार्यालय दमौलीले आर्थिक वर्ष ०७६÷७७ मा लक्ष्यको ८५.३७ प्रतिशत राजश्व सङ्कलन गरेको छ । यस अवधिमा कार्यालयले रु आठ अर्ब ६० करोड ९६ लाख ५९ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य राखेकामा रु सात अर्ब ३४ करोड ९८ लाख ५५ हजार राजश्व सङ्कलन गरेको हो ।

    कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि गरिएको बन्दाबन्दीले राजश्व सङ्कलनमा असर परेको कार्यालयका कर अधिकृत एवं सूचना अधिकारी मोहनरमण त्रिपाठीले जानकारी दिनुभयो । उहाँका अनुसार बन्दाबन्दीले रु एक अर्ब २५ करोड राजश्व सङ्कलन कम भएको छ ।

    यद्यपि गत आर्थिक वर्ष ०७५÷७६ भन्दा यस अवधिमा रु दुई अर्ब चार करोड ९० लाख पाँच हजार बढी राजश्व सङ्कलन भएको छ । गत आर्थिक वर्षमा कार्यालयले रु पाँच अर्ब ३० करोड आठ लाख ५० हजार राजश्व सङ्कलन गरेको थियो ।

    कार्यालयले आर्थिक वर्ष ०७६÷७७ मा आयकरतर्फ रु एक अर्ब ९ करोड ६७ लाख २३ हजार, घरबहाल करतर्फ रु छ करोड दुई लाख १७ हजार, व्याजतर्फ रु आठ करोड ४६ लाख ४५ हजार, मूल्यअभिवृद्धि करतर्फ रु ४४ करोड पाँच लाख १७ हजार, अन्तशुल्कतर्फ रु चार अर्ब ७८ करोड सात लाख ७८ हजार, स्वास्थ्यतर्फ रु ८८ करोड ६४ लाख ४१ हजार र शिक्षातर्फ रु पाँच लाख ३२ हजार राजश्व सङ्कलन गरेको जनाएको छ ।

    आयकरतर्फ रु एक अर्ब ५७ करोड ३५ लाख ७२ हजार, घरबहाल करतर्फ रु सात करोड ९८ लाख ९४ हजार, व्याजतर्फ रु ११ करोड ५३ लाख ८७ हजार, मूल्यअभिवृद्धि करतर्फ रु ४९ करोड ५३ लाख ७७ हजार, अन्तशुल्कतर्फ रु चार अर्ब ९५ करोड ३७ लाख सात हजार राजश्व सङ्कलन गर्ने लक्ष्य थियो । “बन्दाबन्दीका कारण कर सङ्कलनको लक्ष्य पूरा हुन सकेन, यद्यपि गत वर्षको भन्दा बढी नै राजश्व सङ्कलन गर्न सफल भएका छौ,” त्रिपाठीले भन्नुभयो ।

    ६५ हजार करको दायरामा

    कार्यालयले तनहुँ, लमजुङ, गोरखा र मनाङका करदातालाई सेवा प्रवाह गर्दै आइरहेको छ । कार्यालयमा हालसम्म ६५ हजार एक सय ७६ करदाता छन् । आयतर्फ ३४ हजार एक सय ८३, व्यक्तिगततर्फ २४ हजार एक सय ४६, मूल्य अभिवृद्धितर्फ तीन हजार ६ सय ३२, शिक्षातर्फ एक सय ५६, अन्तशुल्कतर्फ रु दुई हजार ९ सय ४, स्वास्थ्यतर्फ ८१ करदाता करको दायरामा आएको कार्यालयले जनाएको छ । करको दायरामा नआएका करदातालाई करको दायरामा ल्याउन करशिक्षा, कर जागरण लगायतका कार्यक्रम सञ्चालन गरिएको त्रिपाठीले जानकारी दिनुभयो ।

    विसं २०६९ साल वैशाख ९ गते करदाता सेवा कार्यालयको रुपमा स्थापना भएको कार्यालय विसं २०७५ असार २० गते आन्तरिक राजश्व कार्यालयको रुपमा स्तरोन्नति भएको थियो । कार्यालय साविक डिभिजन सहकारी कार्यालयको भवनमा सञ्चालन हुँदै आएको छ । विसं २०७५ असोज ४ गते कार्यालयको उद्घाटन भएको थियो भने २०७५ मङ्सिर १ गतेदेखि कार्यालय पूर्ण रुपमा सञ्चालनमा आएको थियो ।