भानुमा कर्मचारीमा कोरोना पुष्टि
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भानुमा कर्मचारीमा कोरोना पुष्टि

    खबरपुञ्ज संवाददाता

    ३२ श्रावण २०७७, आईतवार

    तनहुँ । तनहुँको भानु नगरपालिकाका थप एक जनामा कोरोना पुष्टि भएको छ । आइतबार बिहान प्राप्त रिपोर्ट अनुसार भानु नगरपालिका-४ का ३० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।

    कन्ट्याक्ट ट्रेसिङका आधारमा चार जनाको स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाइएकामा उनमा कोरोना सङ्क्रमण देखिएको भानु नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले जानकारी दिनुभयो । कोरोना पुष्टि हुने इन्जिनियर हुन् ।

    यसअघि भानु नगरपालिका-१, २ र ४ का २३ जना समुदायका व्यक्तिमा कोरोना पुष्टि भएको छ ।