अपडेट : एकै परिवारका चार जनामा कोरोना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    अपडेट : एकै परिवारका चार जनामा कोरोना

    खबरपुञ्ज संवाददाता

    ३१ श्रावण २०७७, आईतवार

    तनहुँ । तनहुँको व्यास नगरपालिका-१ का एकै परिवारका चार जनामा कोरोना पुष्टि भएको छ । व्यास नगरपालिका-१ की ६९ वर्षीया महिलामा पोखरामा परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएपछि उनकै परिवारका सदस्यमा गरिएको परीक्षणमा कोरोना पोजिटिभ देखिएको हो ।

    कोरोना सङ्क्रमण हुनेमा ९ वर्षीय बालक, १३ वर्षीया बालिका, ४० वर्षीय पुरुष र ३६ वर्षीया महिला रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्दशनालयले जनाएको छ ।

    व्यास नगरपालिकाले शनिबार व्यास नगरपालिका-१ का २१ जनाको स्वाब सङ्कलन गरेर परीक्षणका लागि पठाएको छ । उनीहरुको रिपोर्ट आउन बॉकी रहेको नगरपालिकाले जनाएको छ । त्यस्तै जिल्ला प्रहरी कार्यालयका प्रहरी, स्वास्थ्यकर्मी, कर्मचारी लगायत १०२ जनाको स्वाब सङ्कलन गरिएको थियो ।