गण्डकीमा कोरोना सङ्क्रमित १७१९, निको हुने १५२०
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    गण्डकीमा कोरोना सङ्क्रमित १७१९, निको हुने १५२०

    खबरपुञ्ज संवाददाता

    ३२ श्रावण २०७७, आईतवार

    पोखरा । गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या १ हजार ७ सय १९ पुगेको छ । आइतबार १६ जना कोरोना सङ्क्रमित थपिएसँगै प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या १ हजार ७ सय १९ पुगेको हो ।

    आइतबार कास्कीमा १०, तनहुँमा ५ र पर्वतमा एक जनामा कोरोना पुष्टि भएको थियो । स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार पछिल्लो२४ घण्टामा प्रदेशमा १ हजार ३ सय २० नमूना परीक्षण गरिएको थियो ।

    शर्माका अनुसार गण्डकी प्रदेशमा कोरोनाको सङ्क्रमणबाट निको हुनेको सङ्ख्या १ हजार ५ सय २० पुगेको छ ।