


कास्की, २३ असोज । कास्कीको पोखरा महानगरपालिका–२८ कालिकास्थानमा स्कुल बस सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना भएको छ । सौर्यमाझठानाबाट कालिकास्थानतर्फ आउँदै गरेको ग.२ ख. १४१७ नम्बरको बस दुर्घटनामा परेको हो।
बसमा करिब २१ जना विद्यार्थी सवार रहेको बुझिएको छ । घटनालगत्तै नेपाल प्रहरीले उद्धार कार्य सुरू गरि सकेको छ । उद्धार गरिएका ५ जनालाई पश्चिम क्षेत्रीय अस्पताल पठाइएको छ । थप विवरण आउन बॉकी रहेको छ ।