तनहुँ । तनहुँका निजी तथा संस्थागत विद्यालयमा अध्यापन गराउने शिक्षकहरु संगठीत बनेका छन् । गुणस्तरिय शिक्षाको पक्ष र विद्यालयमा हुने विसंगती विकृतीको विपक्षमा वकालत गर्न संस्थागत विद्यालय शिक्षक युनियन गठन गरिएको छ ।शनिबार भएको अनलाईन भेलाले अमृत शाहीको अध्यक्षतामा २७ सदस्यिय जिल्ला समन्वय समिति गठन गरेको हो ।
समितिको उपाध्यक्षमा मुक्ति लामीछाने, महिला उपाध्यक्षमा नेत्रकुमारी पौडेल, सचिवमा सुर्यप्रकाश तिमल्सिना, सहसचिवमा रोशन देवकोटा, कोषाध्यक्षमा राजेश न्यौपाने चयन हुनुभएको छ । २७ सदस्यिय समितिमा तीन जना प्रदेश प्रतिनिधी चयन भएका छन् भने एक जना पछि चयन गरिने जनाईएको छ ।
निजी तथा संस्थागत विद्यालयमा अध्यापन गराउने शिक्षकको हकहितमा युनियनले आवाज उठाउने अध्यक्ष शाहीले बताउनुभयो । निजी विद्यालयका शिक्षक कर्मचारीले लकडाउन यता तलब पाएका छैनन् । समझदारीमा तबल माग गर्ने र सुनवाई नभए चरणबद्ध आन्दोलनमा उत्रने उहाँको भनाई छ ।