संस्थागत विद्यालय शिक्षक युनियनको स्थानीय तहलाई ध्यानाकर्षण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    संस्थागत विद्यालय शिक्षक युनियनको स्थानीय तहलाई ध्यानाकर्षण

    खबरपुञ्ज संवाददाता

    ३२ श्रावण २०७७, सोमबार

    तनहुँ । संस्थागत विद्यालयमा कार्यरत शिक्षक कर्मचारीले गएको माघदेखिको तलब पाएका छैनन् । केही विद्यालयले भने चैतसम्म दिएका छन् । कोरोना भाईरसको कारण विद्यालय बन्द हुँदा सञ्चालकहरुले तलब दिन सक्ने अवस्था नरहेको बताउँछन् ।

    संस्थागत विद्यालयमा कार्यरत शिक्षकको हकहितका लागि शनिबार मात्रै गठन गरिएको संस्थागत विद्यालय शिक्षक युनियन तनहुँले खाईपाई आएको सबै महिनाको तलब तत्काल उपलब्ध गराउन माग राख्दै स्थानीय तहलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

    आइतबार चार बुँदै माग राख्दै जिल्लाका शुक्लागण्डकी नगरपालिकाका मेयर किसान गुरुङ, व्यास नगरपालिका मेयर बैकुण्ठ न्यौपाने र म्याग्दे गाउँपालिकाकी अध्यक्ष मायादेवी रानालाई युनियनका अध्यक्ष अमृत शाहीले ध्यानाकर्षण पत्र बुझाउनुभएको हो । शिक्षक कर्मचारीलाई खाइपाई आएको सबै महिनाको तलब तत्काल उपलब्ध गराउनुपर्ने, बिना कारण शिक्षक कर्मचारीलाई निष्कासन गर्ने कार्यको बन्द गरी निष्कासित भएकालाई सम्मानजनक पुर्नवहालीको माग राखेको शाहीले बताउनुभयो ।

    उहाँका अनुसार योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा अनिवार्य सुचीकृत हुने वाध्यकारी व्यवस्था र शिक्षक कर्मचारीको अनिवार्य नियुक्तिपत्र र न्यूनतम् पारिश्रमिकका लागि बाध्यकारी व्यवस्था मिलाउन ध्यानाकर्षण गराईएको छ । “स्थानीय तह अभिभावक भएकाले ध्यानाकर्षण गराएका हौँ,” उहाँले भन्नुभयो । उहाँले विद्यालय सञ्चालकहरुले आफ्नो माग पूरा नगरे सडक आन्दोलनमा उत्रने चेतावनी दिनुभएको छ ।