५३ जनाको स्वाब सङ्कलन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    ५३ जनाको स्वाब सङ्कलन

    खबरपुञ्ज संवाददाता

    ३२ श्रावण २०७७, सोमबार

    तनहुँ । जिल्ला स्वास्थ्य कार्यालय तनहुँले आइतबार ५३ जनाको स्वाब सङ्कलन गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी, नापी, जिल्ला अदालत, मालपोत कार्यालयका कर्मचारी, विद्युत प्राधिकरणका कर्मचारी, पत्रकार, औषधि व्यवसायी गरी ५३ जनाको स्वाब सङ्कलन गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

    जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीका अनुसार प्रतिनिधिमूलक सबै क्षेत्रका व्यक्तिहरुको स्वाब सङ्कलन गरिएको छ । जिल्लामा आइतबारसम्म २ सय १८ जनामा कोरोना पुष्टि भएको छ भने १ सय ८२ जना निको भएर घर फर्किएका छन् ।