मिर्गौला पीडितलाई रु एक लाख सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    मिर्गौला पीडितलाई रु एक लाख सहयोग

    खबरपुञ्ज संवाददाता

    ३२ श्रावण २०७७, सोमबार

    तनहुँ । तनहुँको व्यास नगरपालिका–१४ निवासी दुवै मिर्गौला पीडित सन्तोष रानालाई केशवटार दमौली सम्पर्क युवा समितिले रु एक लाख भन्दा बढी रकम सहयोग गरेको छ । गत वर्षदेखि मिर्गौलामा समस्या आएपछि डायलासिस गर्दै आउनुभएका रानालाई मिर्गौला प्रत्यारोपणका लागि सहयोग पु¥याउन युवा समितिले सङ्कलन गरेको रु एक लाख ८ हजार ९ सय ५० सोमबार हस्तान्तरण गरिएको छ ।

    युवा समितिका आर्थिक संयोजक युवराज आलेले उक्त रकम पीडितका परिवारलाई हस्तान्तरण गर्नुभयो । केशवटार घर भई हाल दमौलीमा रहनुभएका र अन्य व्यक्तिहरुबाट रकम सङ्कलन गरिएको आलेले जानकारी दिनुभयो ।

    मिर्गौला प्रत्यारोपणका लागि करीब २०÷२२ लाख खर्च हुने र परिवारको आर्थिक अवस्था कमजोर रहेकाले सहयोग गरिदिन मिर्गौला पीडित रानाले सबैसँग अनुरोध गर्नुभएको छ ।