दुवै मिर्गौला पीडितलाई विदेशबाट साढे दुई लाख सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    दुवै मिर्गौला पीडितलाई विदेशबाट साढे दुई लाख सहयोग

    खबरपुञ्ज संवाददाता

    २ भाद्र २०७७, बुधबार

    तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका दभुङ घर भई हाल व्यास नगरपालिका–४ निवासी दुवै मिर्गौला पीडित रामलाल श्रेष्ठको उपचारका लागि विदेशबाट साढे दुई लाख सहयोग जुटेको छ ।

    दभुङ घर भई हाल रोजगारीका शिलशिलामा विदेशमा रहेका नेपालीहरुबाट मिर्गौला पीडित श्रेष्ठको उपचारका लागि रु दुई लाख ५० हजार दुई सय एक सङ्कलन भएको हो । मिर्गौला पीडितको श्रेष्ठको उपचारमा सहयोग पु¥याउन हालैमात्रै गठन भएको म्याग्दे दमौली सम्पर्क समाजको पहलमा सङ्कलित उक्त रकम पीडित श्रेष्ठलाई हस्तान्तरण गरिएको छ । उक्त रकम समाजका संयोजक भाग्यशाली ढुङ्गाना, उपसंयोजक मनिराज थापा, सचिव पदम कुमार श्रेष्ठ, सन्तकुमार श्रेष्ठ, सुमन श्रेष्ठ लगायतले हस्तान्तरण गर्नुभएको छ ।

    दभुङ घर भई कतारमा रहेकाबाट रु ५४ हजार ८ सय ८६, मलेसियामा रहेकाबाट रु ४९ हजार ८ सय ३६, दुवईमा रहेकाबाट रु २५ हजार चार सय, साउदीमा रहेकाबाट रु २१ हजार चार सय, कुवेतमा रहेकाबाट रु १२ हजार सात सय २७, बहराइन र ब्रुनाईमा रहेकाबाट रु १४ हजार २५ गरी रु एक लाख ७८ हजार ८९ सङ्कलन भएको थियो ।

    त्यस्तै मलेसियामा कार्यरत महेन्द्रकुमार श्रेष्ठ, रामचन्द्र श्रेष्ठ, गणेश कुमार श्रेष्ठ लगायतको पहलमा कम्पनीमा कार्यरत नेपालीहरुबाट रु ३३ हजार सात सय ५४, मलेसियामै कार्यरत प्रताप श्रेष्ठ र धननारायण श्रेष्ठको पहलमा रु २४ हजार दुई सय ३८ र कतारमा कार्यरत अविनाश श्रेष्ठको पहलमा रु १४ हजार एक सय २९ गरी रु ७२ हजार  एक सय २२ सङ्कलन भएको थियो ।

    ब्रुनाई स्थित गोरखा रिजर्भ युनिटमा कार्यरत रेशम श्रेष्ठले दुवै मिर्गौला फेल भएको खबरले सबै दभुङका दाजुभाईहरु चिन्तित भएको हुँदा उहाँको उपचारको लागि सहयोग जुटाउन विदेशमा समन्वय गरिने बताउनुभयो ।