मिर्गौला फेल भएर बाबु गुमाएका दाजुबहिनीद्वारा मिर्गौला पीडितलाई सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    मिर्गौला फेल भएर बाबु गुमाएका दाजुबहिनीद्वारा मिर्गौला पीडितलाई सहयोग

    खबरपुञ्ज संवाददाता

    २ भाद्र २०७७, बुधबार

    तनहुँ । मिर्गौला फेल भएर बाबु गुमाएका तनहुँको व्यास नगरपालिका–५ रानीटारीका एक दाजुबहिनीले मिर्गौला पीडितलाई आर्थिक सहयोग गर्नुभएको हो । रोजगारीको शिलशिलामा हाल कोरियामा रहनुभएका मोहन बराली र दमौलीमा रहनुभएका करिश्मा बरालीले व्यास नगरपालिका–४ निवासी दुवै मिर्गौला पीडित रामलाल श्रेष्ठलाई रु १० हजार एक सय पाँच सहयोग गर्नुभएको हो ।

    कुशेऔंशीको अवसर पारेर उहाँहरुले मिर्गौला पीडित श्रेष्ठलाई उक्त रकम सहयोग गर्नुभएको हो । उक्त रकम करिश्मा बरालीले बुधबार मिर्गौला पीडित श्रेष्ठलाई हस्तान्तरण गर्नुभयो । उहाँहरुको बाबुको मिर्गौला फेल भएपछि पाँच वर्ष अघि मृत्यु भएको थियो । “बुबाको सम्झनामा बुबा सरहको व्यक्तिलाई सहयोग गर्न पाउँदा खुशी लागेको छ,” मोहनले भन्नुभयो ।