राष्ट्रिय झण्डा जलाएको अभियोगमा ९ जना पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    राष्ट्रिय झण्डा जलाएको अभियोगमा ९ जना पक्राउ

    खबरपुञ्ज संवाददाता

    ३ भाद्र २०७७, बुधबार

    काठमाडाै । म्युजिक भिडियोमा नेपालको राष्ट्रिय झण्डा जलाएको अभियोगमा ९ जना पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्‍युरो (सीआईबी) र महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले गायक ग्याल्जोम दोर्जे तामाङ्गसहित भिडियोमा अभिनय गर्ने व्यक्तिलाई पक्राउ गरेको हो।

    नेपाल प्रहरीका अनुसार राष्ट्रिय झण्डा जलाउने घटनाका मुख्य अभियुक्त तामाङ्गसहित पक्राउ गरिएका ९ जनालाई कानुन बमोजिम कारबाही गरिने छ।

    दुई दिनअघि ‘देशद्रोही’ शीर्षकमा मंगोल हप अफिसियल युट्युब च्यानलबाट राष्ट्रिय झण्डा जलाइएको भिडियो अपलोड भएको थियो। भिडियो  सार्वजनिक भएलगत्तै यसको तीव्र विरोध हुँदै आएको थियो। अहिले पनि सामाजिक संजालमा भिडियो तथा तस्बिर भाइरल भएका छन्। गीतको सुटिङ भिडियोमा मकवानपुर जिल्लाको बाग्मती गाउँपालिकास्थित विष्णु आधारभूत विद्यालयको प्रांगणमा भएको देखिएको छ। मुलुकी अपराध संहिता ऐन २०७४,को १५१ को दफा १ र २ अनुसार नेपालको राष्ट्रिय झण्डा जलाउने र च्यात्नेलाई तीन वर्षसम्म कैद वा ३० हजारसम्म जरिवाना वा दुवै हुने उल्लेख छ।