घिरिङ गाउँपालिका समेत बन्द
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • घिरिङ

    घिरिङ गाउँपालिका समेत बन्द

    खबरपुञ्ज संवाददाता

    २ भाद्र २०७७, बुधबार

    तनहुँ : तनहुँमा समुदायस्तरमा कोरोना भाईरस (कोभिड–१९) संक्रमण फैलदै गएपछि स्थानीय तहले उच्च सतर्कता अपनाउन थालेका छन् । जिल्लाको तनहुँको घिरिङ गाउँपालिकाले एक साताका लागि अत्यावश्याक बाहेकका सबै सेवा र क्षेत्र बन्द गर्ने भएको छ । भदौ ३ गते राति १० बजेदेखि भदौ १० गते राति १२ बजेसम्म बन्द हुने प्रमुख प्रशासकीय अधिकृत सन्तोष ढुंगानाद्धारा बुधबार जारी सूचनामा उल्लेख गरिएको छ ।

    अत्यावश्यक सेवा तथा खाद्यान्न ढुवानीबाहेकका सवारी सञ्चालनमा रोक लगाएको ढुंगानाले बताउनुभयो । चाडपर्व घरभित्रै बसेर मनाउन आग्रह गरिएको छ भने बाहिर निस्कनुपरे अनिवार्य रुपमा मास्क लगाउन भनिएको छ । कोभिड १९ को सङ्क्रमण रोकथाम, उपचार र नियन्त्रणका लागि गरिएको गाउँवासीलाई अपिल गरिएको छ ।

    तनहुँमा समुदायस्तरमा कोरोन संक्रमण फैलन नदिन पाँच स्थानीय तहमा निषेधाज्ञा जारी गरिएको छ । बुधबार मात्रै जिल्लाको भिमाद नगरपालिकाको सबै क्षेत्र, शुक्लागण्डकी नगरपालिकाको वडा नम्बर २ देखी ९ सम्म र देवघाट गाउँपालिकाको वडा नम्बर ५ मा निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले बताउनुभयो ।गत सोमबादेखि भानु नगरपालिकामा दुई साता र व्यास नगरपालिकामा एक साता लागु हुनेगरी निषेधाज्ञा जारी भएको थियो ।