म्याग्दे गाउँपालिका एक हप्ता लकडाउन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    म्याग्दे गाउँपालिका एक हप्ता लकडाउन

    खबरपुञ्ज संवाददाता

    ३ भाद्र २०७७, बिहीबार

    तनहुँ : तनहुँको म्याग्दे गाउँपालिकाले शुक्रबारदेखि एक हप्ता लकडाउन गर्ने निर्णय गरेको छ । बिहीबार बसेको गाउँ कार्यपालिकाको ९४ औ बैठकले कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि भदौ १२ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको हो ।

    छिमेकी पालिकाहरुका समुदायका व्यक्तिमा कोरोना सङ्क्रमण देखिन थालेको र त्यसले म्याग्दे गाउँपालिका पनि जोखिममा परेपछि अत्यावश्यक बाहेकका सबै सेवा एक हप्तालाई बन्द गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले जानकारी दिनुभयो ।

    यस अवधिमा अत्यावश्यक काममा बाहेक घर बाहिर निस्कन र हिँडडुल गर्न, अनावश्यक भीडभाड, सभाजुलुस, जात्रा, महोत्सव र धार्मिक तथा सांस्कृतिक कार्यक्रम गर्न, बैङ्क तथा वित्तीय संस्थाहरुबाट प्रदान गरिने विद्युतीय कारोवार र एटिएम बाहेकका अन्य सेवा, अत्यावश्यक सेवा बाहेकका अन्य सेवा, उद्योग, कलकारखाना, यात्रुवाहक सार्वजनिक र निजी सवारी साधन सञ्चालन गर्न पाइनेछैन ।

    साथै होटल, बिजुली पसल, मोवाइल पसल, हार्डवेयर, ग्यारेज, हेयरकटिङ, व्युटीपार्लर, भाडा पसल, फुटपाथ पसल, सबै प्रकारका शैक्षिक संस्था एवं तालीम तथा प्रशिक्षण केन्द्र पनि बन्द रहनेछन् ।

    प्रमुख प्रशासकीय अधिकृत नागिलाका अनुसार बिरामी ओसारपसार गर्ने एम्बुलेन्स, सवारी साधन, औषधि विक्रीवितरण एवं औषधि ढुवानी सेवा, मलामी, किरियापुत्रीलाई किरिया बस्ने स्थानसम्म पु¥याउने सवारीसाधन, विद्युत, सञ्चार, खानेपानी आपूर्तिलाई सुचारु गर्न खटिने प्राविधिकको आवतजावत, स्वास्थ्य तथा अत्यावश्यक सेवामा खटिने गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीको आवतजावत, पशुपंक्षीको दाना, तरकारी, फलफूल, दूध र दूग्धजन्य उत्पादनका सवारी साधन भने सञ्चालन गर्न पाइनेछ ।

    म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले समुदायस्तरमा कोरोनाको सङ्क्रमण फैलने जोखिम भएकाले अत्यावश्यक काममा बाहेक घरबाट बाहिर ननिस्कन गाउँवासीलाई आग्रह गर्नुभएको छ ।