घिरिङ गाउँपालिकाको बजेट ४२ करोड २० लाख
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    घिरिङ गाउँपालिकाको बजेट ४२ करोड २० लाख

    खबरपुञ्ज संवाददाता

    ४ भाद्र २०७७, शुक्रबार

    तनहुँ : घिरिङ गाउँपालिकाले चालु आर्थिक बर्ष २०७७/७८ का लागी ४२ करोड २० लाख ८५ हजार ८ सय १७ रुपैयाँको बजेट ल्याएको छ । असार १० गते गाउँसभामा प्रस्तुत भएको बजेट भदौको पहिलो साता चालुतर्फ २३ करोड ४२ लाख ८० हजार १ सय ४९ रुपैयाँ र पुँजीगततर्फ १८ करोड ७८ लाख ५ हजार १ सय ६८ रुपैयाँ पारित गरेको हो ।


    बजेटले पुर्वाधार बिकासलाई प्राथमिकता दिएको गाउँपालिका अध्यक्ष रनबहादुर रानाले जानकारी दिनुभयो । उहाँका अनुसार पुर्वाधार बिकासमा चार करोड ५१ लाख २० हजार ७ सय ४७ रुपैयाँ विनियोजन भएको छ । सामाजिक बिकासतर्फ दुई करोड ७५ लाख रुपैयाँ, संस्थागत बिकासमा दुई करोड ५६ लाख ७९ हजार ६ सय ६८ रुपैयाँ, आथिर्क बिकासमा एक करोड ३० लाख रुपैयाँ र विपद व्यवस्थापनमा ७० लाख रुपैयाँ विनियोजन भएको छ ।

    वडा र गाउँपालिकाबाट कार्यन्वयन हुने गरी लागी वडा नम्बर १ लाई एक करोड ३६ लाख ५० हजार रुपैयाँ, २ मा एक करोड ४३ लाख ५० हजार रुपैयाँ, ३ मा एक करोड ११ लाख ५० हजार रुपैयाँ, ४ मा एक करोड १९ लाख ७४ हजार रुपैयाँ र वडा नम्बर ५ लाई एक करोड २६ लाख ५० हजार गरी ६ करोड ३७ लाख ७४ हजार रुपैयाँ विनियोजन गरिएको छ ।


    गाउँपालिकाले आफ्नै एम्बुलेन्स र जेसिबी खरिद गर्ने भएको छ । ‘नागरिकलाई स्वास्थ्यको पहुँचमा ल्याउन एम्बुलेन्स किन्ने, वडा नम्बर २ को भुवरकोट र वडा नम्बर ५ को बल्छीगौँडामा स्वास्थ्य ईकाइ सञ्चालनमा ल्याउने निर्णय गरेका छौँ’, गाउँपालिका अध्यक्ष रानाले भन्नुभयो । यस्तै, वडा नम्बर ५ मा अवस्थित सरस्वती मावीमा कक्षा ११ र १२ सञ्चालन गर्न १५ लाख रुपैयाँ अनुदान प्रदान गर्ने गाउँपालिकाले जानकारी दिएको छ ।