२४ घण्टामा ११ ले ज्यान गुमाए
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    २४ घण्टामा ११ ले ज्यान गुमाए

    खबरपुञ्ज संवाददाता

    ५ भाद्र २०७७, शुक्रबार

    काठमाडौ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट थप ११ जनाको मृत्यु भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक महिला र १० जना पुरुष गरी ११ जनाको मृत्यु भएको हो। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मोरङ, पर्सा, बारा, सप्तरी र सर्लाहीमा एक/एक जनाको मृत्यु भएको जानकारी दिनुभयो ।

    यस्तै ललितपुर, चिवतन, मकवानपुर, दोलाखा र प्युठानमा पनि एक एक जना संक्रमितको मृत्यु भएको उहॉले बताउनुभयो । योसँगै मृतकको संख्या १ सय ३७ पुगेको छ।

    फाइल तस्वीर