आँबुखैरेनीमा एक हप्ता लम्बियो लकडाउन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    आँबुखैरेनीमा एक हप्ता लम्बियो लकडाउन

    खबरपुञ्ज संवाददाता

    ७ भाद्र २०७७, आईतवार

    तनहुँ : गण्डकी प्रदेशको मुख्य प्रवेशद्वार तनहुँको आँबुखैरेनी गाउँपालिकामा पुनः एक हप्ता लकडाउन गरिएको छ । आइतबार बसेको बैठकले भदौ १४ गतेसम्मका लागि लकडाउन लम्ब्याएको हो ।

    गाउँपालिकाले यस अगाडी भदौ १ गतेदेखि ७ गते आइतबारसम्म लकडाउन गर्ने निर्णय गरेको थियो । समुदायस्तरमा कोरोना फैलन सक्ने जोखिम कायमै रहेकाले एक हप्ता लकडाउन लम्ब्याउने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले जानकारी दिनुभयो ।

    उहाँका अनुसार लकडाउन अवधिभर अत्यावश्यक सेवा बाहेकका सबै क्षेत्र बन्द गरिएको छ । लकडाउन उल्लङ्घन गर्नेलाई सङ्क्रामक रोग ऐन, २०२० बमोजिम कारवाही गरिने गाउँपालिकाले जनाएको छ ।