हेटौंडामा भदौ १५ सम्म थपियो निषेधाज्ञा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • वागमती

    हेटौंडामा भदौ १५ सम्म थपियो निषेधाज्ञा

    खबरपुञ्ज संवाददाता

    ७ भाद्र २०७७, सोमबार

    हेटाैडा : मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा भदौ १५ गतेसम्मका लागि निषेधाज्ञा थप भएको छ। सोमबार हेटौंडामा भएको कोभिड-१९ विपद व्यवस्थापन केन्द्रको बैठकले भदौ १५ गतेसम्म निषेधाज्ञा जारी राख्ने निर्णय गरेको हो। साउन २६ गतेबाट सुरू भएको निषेधज्ञा भदौ ९ मंगलबार सकिँदै थियो।

    सोमबारको बैठकले भदौ ९ गतेबाट १५ गतेसम्म निषेधाज्ञालाई अहिलेकै अवस्थामा जारी राख्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिनुभयाे ।