बुटवलमा कोरोना संक्रमित पुरुषको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • लुम्बिनी

    बुटवलमा कोरोना संक्रमित पुरुषको मृत्यु

    खबरपुञ्ज संवाददाता

    ८ भाद्र २०७७, मंगलवार

    बुटवल: रूपन्देहीको गैडहवा गाउँपालिका-­३ निवासी ५३ वर्षीय कोरोना सङ्क्रमित पुरुषको मृत्यु भएको छ। उनको गएराति भैरहवास्थित भीम अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालय, रूपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले जानकारी दिनुभयाे ।

    बुटवलमा घर बनाउने क्रममा छतबाट खसेर घाइते भएका उनको टाउकामा गम्भीर चोट लागेको थियो। टाउकोमा रगत जमेका कारण शल्यक्रिया गर्न उनको पीसीआर परीक्षण हुँदा कोरोना पोजिटिभ देखिएको गैडहवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवि घिमिरेले बताउनुभयाे।

    कोरोना पोजिटिभ देखिएपछि उनलाई भैरहवा युनिभर्सल मेडिकल कलेजबाट भीम अस्पताल ल्याइएको थियो। उनको मृत्युसँगै रूपन्देहीमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ भने कोरोना सङ्क्रमित ६७४ छन्।