प्रमुख प्रशासकीय अधिकृत र सवइन्जिनियरविरुद्ध मुद्दा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • वागमती

    प्रमुख प्रशासकीय अधिकृत र सवइन्जिनियरविरुद्ध मुद्दा

    खबरपुञ्ज संवाददाता

    ८ भाद्र २०७७, मंगलवार

    काठमाडाै : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैसी र सवइन्जिनियर किशोरकुमार मोक्तानविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको छ।

    निर्माणाधीन आयोजनाको बिल भुक्तानीका लागि सेवाग्राहीसँग डेढ लाख रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका उनीहरुविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिनुभयाे ।

    जैसी र मोक्तानलाई डेढ लाख बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) अनुसार मुद्दा चलाइएको उहाँले बताउनुभयाे ।