चितवनमा थपिए १७ सङ्क्रमित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • वागमती

    चितवनमा थपिए १७ सङ्क्रमित

    खबरपुञ्ज संवाददाता

    १२ भाद्र २०७७, शुक्रबार

    चितवन : चितवनमा थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालाबाट बिहीबार राति प्राप्त रिपोर्टअनुसार खैरहनी नगरपालिकाका १२ जना, भरतपुरका ३ जना, रत्ननगरका १ जना र नवलपुरको गैँडाकोटका एक जनामा संक्रमण पुष्टि भएको प्रयोगशालकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिनुभयो ।

    संक्रमितहरु ६ देखि ७९ वर्षसम्मका छन्। भरतपुरका संक्रमितहरू नारायणी सामुदायिक अस्पताल र भरतपुर अस्पतालका हुन्। गैँडाकोटका संक्रमितको पुरानो मेडिकल कलेजबाट स्वाब लिइएको हो। रत्ननगर र खैरहनीका संक्रमितहरू स्थानीय क्वारेन्टिनमा छन्।

    चितवनमा कोरोना संक्रमितको संख्या ५१३ जना पुगेको छ।बिहीबारसम्म चितवनमा १३ जना डक्टर र ४६ जना नर्ससहित ८५ जना स्वास्थ्यकर्मीहरूमा कोरोना संक्रमण देखिएको छ।  उनीहरू जिल्लाका विभिन्न अस्पतालहरुमा कार्यरत छन्।

    जिल्ला स्वास्थ्य कार्यालयकाअनुसार संक्रमित स्वास्थ्यकर्मीहरू मध्ये सबै भन्दा बढी बीपी कोइराला मेमोरियल क्यान्सर स्पतालमा कार्यरत छन्।