बन्दीपुरमा अत्यावश्यक पसल चार घण्टा खुल्ने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • बन्दीपुर

    बन्दीपुरमा अत्यावश्यक पसल चार घण्टा खुल्ने

    खबरपुञ्ज संवाददाता

    ११ भाद्र २०७७, शुक्रबार

    तनहुँ : तनहुँको बन्दीपुर गाउँपालिकाले दैनिक चार घण्टा पसल खोल्न दिने निर्णय गरेको छ । गाउँपालिकाले शुक्रबार राति १२ बजेसम्म लकडाउन गर्ने निर्णय गरेकामा शनिबारदेखि पसल खोल्न दिने निर्णय गरेको हो ।

    भदौ १९ गतेसम्म दैनिक रुपमा बिहान १० बजेदेखि २ बजेसम्म अति आवश्यक सेवाका पसल, बैङ्क तथ् वित्तीय संस्था सञ्चालन गर्न दिने निर्णय भएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिनुभयो ।

    उहॉका अनुसार उक्त अवधिमा होटल, शैलुन, व्युटीपार्लर, ट्युशन सेन्टर भने बन्द रहनेछन् । अति आवश्यक सेवा बाहेकका सवारी साधनका हकमा निर्माण सामग्री ढुवानी गर्ने सवारी साधनलाई बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन गर्न दिने निर्णय भएको छ ।

    गाउँपालिकाले भानु नगरपालिकासँग जोडिएको नाका भदौ १९ गतेसम्मलाई शिल गरेको प्रवक्ता ध्रुवप्रसाद लामिछानेले जानकारी दिनुभयो ।