कोरोना संक्रमित महिलाले जन्माइन् जुम्ल्याहा शिशु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • वागमती

    कोरोना संक्रमित महिलाले जन्माइन् जुम्ल्याहा शिशु

    खबरपुञ्ज संवाददाता

    ११ भाद्र २०७७, शुक्रबार

    चितवन : भरतपुर अस्पतालमा एकजना कोरोना संक्रमित महिलाले जुम्ल्याहा शिशुलाई जन्म दिएकी छन् । भदौ ८ गते कोरोना संक्रमण पुष्‍टि भएर भदौ ९ गते अस्पतालमा भर्ना भएकी गोरखा नगरपालिका-१० छेपेटारकी ३७ वर्षीया महिलाले जुम्ल्याहा शिशु जन्माएकी हुन् ।

    शल्यक्रियामार्फत जन्मेका शिशु र आमा दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । अहिले बच्चा र आमालाई छुट्टै राखिएको र आमाको कोरोना रिपोर्ट नेगेटिभ आएपछि मात्र भेट्न दिइने बताइएको छ ।

    अस्पतालमा कोरोना संक्रमण पुष्‍टि भएपछि शल्यक्रिया गरी शिशु जन्मिएको यो पहिलो घटना भएको अस्पतालले जनाएको छ । भरतपुर अस्पतालमा गर्भवती महिलाको संख्या बढ्दै गएपछि कोभिड र ननकोभिड दुवै शल्यक्रिया कक्षको स्थापना गरिएको छ ।