चितवनमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • वागमती

    चितवनमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु

    खबरपुञ्ज संवाददाता

    १२ भाद्र २०७७, शनिबार

    चितवन : चितवन मेडिकल कलेजको आइसियूमा उपचाररत् हेटौंडाकी कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।

    हेटौंडा उपमहानगरपालिका–५ की ४९ वर्षीया महिलाको बिहान मृत्यु भएको हो। कोभिड आइसियूमा उपचारको क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ। ती महिलाको मिर्गौलामा समस्या थियो। डायलासिस गर्नका लागि उनलाई साउन २७ गते चितवन मेडिकल कलेज ल्याइएको थियो।

    उनको तीन पटकसम्म डायलासिस गरिएको थियो। सोही क्रममा कोरोना परीक्षण गर्दा ती महिला संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ। यसअघि पनि शुक्रबार बिहान पनि यही अस्पतालमा उपचाररत् मकवानपुरको हेटौंडा–१९ की ७१ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको थियो। शुक्रबार चितवनमा एकैदिन तीन जनाको मृत्यु भएको थियो।