तनहुँका क्षेत्रीले जब आफैलाई एसएलआर राइफल चलाए…
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    तनहुँका क्षेत्रीले जब आफैलाई एसएलआर राइफल चलाए…

    खबरपुञ्ज संवाददाता

    १३ भाद्र २०७७, आईतवार

    तनहुँ : नेपाली सेनाको भद्रकालीस्थित रिपुमर्दिनी पेट्रोल पम्पमा ड्युटीमा बसेका सैनिक जवानले आफैंलाई गोली हानी आत्महत्या गरेका छन्। आइतबार बिहान ३ बजे सेनाका जवानले आफूले बोकेको हतियारले घाँटीमा गोली हानेर आत्महत्या गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ। गोली घाँटीबाट छिरेर कञ्चटबाट निस्केको देखिएको छ।

    परिसर प्रवक्ता प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरका अनुसार आत्महत्या गर्ने सिपाही तनहुँ साबिक रानीपोखरी गाविस ६ घर भएका २७ वर्षीय दामोदर क्षेत्री हुन्। उहाँका अनुसार आफूले बोकेको एसएलआर राइफलबाट उनले गोली चलाएको देखिएको छ। मृतकको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ।

    उनी ९ वर्षदेखि नेपाली सेनामा कार्यरत थिए। उनी राति १२ बजेदेखि ड्युटीमा थिए। उनको घटनास्थलमै मृत्यु भएको थियो। मृत्युपछि महानगरीय अपराध महाशाखा र सिंहदरबार वृत्तको टोली घटनास्थलमा गएको थियो।

    साङ्केतिक तस्वीर