एनएमबि बैंक र आईएमएसबीच समझदारी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    एनएमबि बैंक र आईएमएसबीच समझदारी

    खबरपुञ्ज संवाददाता

    १४ भाद्र २०७७, आईतवार

    काठमाडौं : मोबाइल खरिदमा ईएमआई कर्जा प्रदान गर्ने विषयमा एनएमबि बैंक र आईएमएसबीच समझदारी भएको छ ।  समझदारीपछि एनएमबिका ग्राहकले सामसुङ मोबाइलको आधिकारिक वितरक आईएमएसबाट स्मार्टफोन र अन्य ग्याजेटहरु खरिदमा ‘एनएमबि सुलभ किस्ता’ योजना अन्तर्गत ९ महिनासम्मको सरल पाइनेछ ।

    समझदारीपत्रमा एनएमबि बैंकका तर्फबाट प्रमुख-रिटेल बैंकिङ रोशन रेग्मी र आईएमएसका तर्फबाट प्रबन्धक-सेल्स एन्ड अपरेसन नारायणप्रसाद भुसालले हस्ताक्षर गर्नुभएकाे छ ।

    एनएमबि बैंकले १८६ शाखाहरु, ६ विस्तारित काउन्टरहरु र १३५ एटीएमहरुको मजबुत सञ्जालमार्फत ग्राहकहरुलाई उच्चस्तरीय सेवा प्रदान गर्दै आएको छ ।