तनहुँ : तनहुँको म्याग्दे गाउँपालिकामा आइतबार १ सय १७ जनाको स्वाब सङ्कलन गरिएको छ । केही दिन अगाडी म्याग्देमा आठ जनामा कोरोना पुष्टि भएपछि गाउँपालिकाले कन्ट्याक्ट ट्रेसिङ, जनप्रतिनिधि र कर्मचारीको कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरेको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी र कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएकाहरुको स्वाब सङ्कलन गरिएको जानकारी दिनुभयो ।
गाउँपालिकाले कोरोनाको जोखिम न्युनीकरणका लागि भदौ १७ गतेसम्म लकडाउन गरेको छ ।