तनहुँ : तनहुँको भानु नगरपालिकाका थप एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सोमबार बिहान सार्वजनिक गरेको विवरण अनुसार भानु नगरपालिका–५ का ४४ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
भानु नगरपालिकामा आइतबार मात्रै २२ जना कोरोना सङ्क्रमित थपिएका थिए । उनीहरु सबै कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएको स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो । भानु नगरपालिकामा समुदायमा स्तरका व्यक्तिमा कोरोना पुष्टि भएपछि भदौ २४ गतेसम्मलाई निषेधाज्ञा निरन्तरता दिइएको छ ।