कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • लुम्बिनी

    कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु

    खबरपुञ्ज संवाददाता

    १४ भाद्र २०७७, सोमबार

    बुटवल : कोरोना भाइरस सङ्क्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका –५ की ६८ वर्षीया महिलाको गए राति ९ बजे मृत्यु भएको तिलोत्तमा नगरपालिकाका प्रवक्ता सुरेन्द्रश्रीले जानकारी दिनुभयो ।

    यही भदौ ११ गते कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि होम आइसोलेशनमै बस्नुभएकी महिलालाई स्वास्थ्यमा समस्या आएपछि भैरहवास्थित भीम अस्पतालमा लैजाने क्रममा बाटामै मृत्यु भएको हो । शव अस्पतालमै रहेको नगरपालिकाले जनाएको छ । उहाँको आजै नेपाली सेनाको टोलीले शव व्यवस्थापन गरिने बताइएको छ ।