बिरामी बोकेको एम्बुलेन्स त्रिशूली किनारमा खस्दा पॉच घाइते
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • वागमती

    बिरामी बोकेको एम्बुलेन्स त्रिशूली किनारमा खस्दा पॉच घाइते

    खबरपुञ्ज संवाददाता

    १६ भाद्र २०७७, मंगलवार

    चितवन : काठमाडौंबाट बिरामी लिएर सर्लाहीतर्फ जाँदै गरेको एम्बुलेन्स पृथ्वी राजमार्गअन्तर्गत चितवनको ईच्छाकामना गाउँपालिका–३ पानीधारा भन्ने स्थानमा दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।

    ना ५ च १०३३ नम्बरको एम्बुलेन्स आफैं अनियन्त्रित भई मंगलबार बिहान करिब सवा ५ बजे सडकबाट ५० मिटर तल त्रिशूली नदी किनारमा खसेको हो ।

    दुर्घटनामा एम्बुलेन्स चालक झापा गौरीगन्ज गाउँपालिका १ बस्ने २८ वर्षीय सरोज दाहाल, सर्लाहीको बरहथवा नगरपालिका–२ हजारिया बस्ने ५० वर्षीया दिलमाया रानामगर, सोही स्थानकै १५ वर्षीय बाधे रानामगर, २६ वर्षीया मेक कुमारी राना मगर र ३४ वर्षीय नरबहादुर मगर घाइते भएका छन् ।

    घाइतेहरुमध्ये १५ वर्षीय बाधे रानामगरको अवस्था गम्भीर रहेको र अन्यको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । घाइते सबैलाई उपचारका लागि चितवनको भरतपुरतर्फ पठाइएको छ ।