चितवनका १९ सहित २९ जनामा कोभिड-१९ को संक्रमण पुष्टि
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • वागमती

    चितवनका १९ सहित २९ जनामा कोभिड-१९ को संक्रमण पुष्टि

    खबरपुञ्ज संवाददाता

    १६ भाद्र २०७७, मंगलवार

    चितवन : भरतपुरस्थित चितवन मेडिकल कलेजमा भएको परीक्षणका क्रममा थप २९ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। सीएमसी कोभिड-१९ परीक्षण प्रयोगशालामा भएको परीक्षणमा चितवन जिल्लाका १९ जना र अन्य जिल्लाबाट उपचारका लागि भर्ना भएका १० जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको प्रयोगशालाका माइक्रोबायोलोजिस्ट डाक्टर नविनकुमार चौधरीले जानकारी दिनुभयो ।

    संक्रमण पुष्टि भएकामध्ये भरतपुर महानगरपालिकाका १ महिलासहित १० जना रहेका छन्। त्यस्तै रत्ननगर नगरपालिकाका एक महिलासहित पाँच जना, खैरहनीका १ महिलासहित ३ जना र राप्ती नगरपालिकाका १ जनामा संक्रमण पुष्टि भएको छ।

    त्यस्तै मकवानपुरका एक महिला र एक पुरुष, महोत्तरीका १ पुरुष नवलपरासी पूर्वका दुई महिला १ पुरुष, कैलालीका एक महिला र एक पुरुष तथा रुपन्देही बुटवलका १६ वर्षका किशोर र ४५ वर्षका एक पुरुषमा संक्रमण पुष्टि भएको डाक्टर चौधरीले जानकारी दिनुभयो ।