तनहुँ : तनहुँको ऑबुखैरेनी गाउँपालिकाका ४० जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । गाउँपालिकाले ३० पुरुष र ११ महिलाको स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाएकामा ४० जनाको रिपोर्ट नेगेटिभ आएको हो ।
त्यसमध्ये एक जनाको रिपोर्ट भने पोजिटिभ आएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अगमप्रसाद उपाध्यायले जानकारी दिनुभयो । ती व्यक्ति जिप चालक रहेको पुष्टि भएको छ ।
गाउँपालिकाले क्वारेन्टिन, कन्ट्याक्ट ट्रेसिङ, वित्तीय संस्था, पेट्रोलपम्पमा कार्यरत कर्मचारी, सैलुन सञ्चालक, औषधि व्यवसायी, सवारी चालक लगायतको स्वाब सङ्कलन गरेको थियो ।