चितवनमा थपिए ४१ जना कोरोना संक्रमित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • वागमती

    चितवनमा थपिए ४१ जना कोरोना संक्रमित

    खबरपुञ्ज संवाददाता

    १७ भाद्र २०७७, बुधबार

    चितवन : चितवनका थप ४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशाला र धुलिखेल परीक्षण प्रयोगशालाबाट मंगलबार राति प्राप्त रिपोर्टमा चितवनका ४१ जनामा संक्रमण पुष्टि भएको हो।

    भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका २८ जना र धुलिखेलमा गरिएको परीक्षणमा ११ जनामा संक्रमण पुष्टि भएको हो। उनीहरू २१ देखि ८० वर्ष सम्मका छन्।

    भरतपुरमा गरिएको परीक्षणमा अन्य विभिन्न जिल्लाका ७ समेतगरी ३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा. नितु अधिकारीले जानकारी दिनुभयो ।

    चितवनमा गरिएको परीक्षणमा संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका छन्।

    भरतपुरमा १६ पुरुष र १० महिला गरि २६ जनामा संक्रमण पुष्टि भएको छ।उनीहरूको क्वारेन्टिन, भरतपुर अस्पताल र वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट स्वाब संकलन गरिएको हो।

    यस्तै रत्ननगर नगरपालिका–१० की २७ वर्षीया महिलामा संक्रमण पुष्टि भएको छ। उनको भरतपुर अस्पतालबाट स्वाब संकलन गरिएको हो।

    यस्तै क्वारेन्टिनमा रहेकी राप्ती नगरपालिका–९ की ३५ वर्षीया महिलामा पनि संक्रमण पुष्टि भएको छ।

    यसैगरि चितवन बाहिरका संक्रमण पुष्टि हुनेमा नवलपरासीका २ पुरुष र एक महिला गरी तीन जनामा संक्रमण पुष्टि भएको छ। भरतपुर अस्पताल र वीपी कोइराला मेमोरियल क्यान्सरबाट स्वाब दिएका उनीहरुमा संक्रमण पुष्टि भएको हो।

    त्यसैगरि धनुषा, रुपन्देही, सिरहा र बाराका एक-एक जनामा संक्रमण पुष्टि भएको छ। उनीहरू सबैले वीपी कोइराला मेमोरियल क्यान्सरबाट स्वाब दिएका थिए।

    त्यसैगरी, धुलिखेल परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका १३ जनामा संक्रमण पुष्टि भएको छ।

    संक्रमण पुष्टि हुने सबै भरतपुर महानगरपालिकाका हुन्। उनीहरू २ जना पुरुष र ११ जना महिला रहेका छन्।

    चितवनमा स्वाब थुप्रिएपछि ७५५ ओटा नमुना काठमाडौं र धुलिखेल पठाइएको थियो।

    यससंगै चितवनमा कुल संक्रमितको संख्या ७९६ पुगेको छ। उनीहरूमध्ये भरतपुर महानगरपालिकाका मात्रै ४ सय ९८ जना पुगेका छन्। १ सय ५४ जनालाई निको भएको छ।

    चितवनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको भरतपुर अस्पतालले जनाएको छ।

    चितवनमा अहिलेसम्म ११३ जना स्वास्थ्यकर्मीहरूमा कोरोना संक्रमण देखिएको छ।