म्याग्देको लकडाउन हट्यो, सावधानी अपनाउन आग्रह
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    म्याग्देको लकडाउन हट्यो, सावधानी अपनाउन आग्रह

    खबरपुञ्ज संवाददाता

    १६ भाद्र २०७७, बुधबार

    तनहुँ : तनहुँको म्याग्दे गाउँपालिकाले बुधबारदेखि लकडाउन हटाएको छ । गाउँपालिकाको भदौ १२ गतेको निर्णयानुसार बुधबारसम्म गाउँपालिका क्षेत्रभर लकडाउन घोषणा गरिएकामा उक्त अवधि समाप्त भएकाले कोभिड–१९ को सङ्क्रमणको जोखिम न्यूनीकरणको उपाय अवलम्बन गर्दै गाउँपालिका कार्यालय, वडा कार्यालय, सरकारी तथा गैरसरकारी कार्यालय, बैङ्क तथा वित्तीय संस्था, व्यापार व्यवसाय सञ्चालन गर्न गाउँपालिकाले अनुरोध गरेको छ ।

    गाउँपालिकाको बुधबार सम्पन्न ९५ औं बैठकले सुरक्षा सावधानी अपनाएर कार्यालय तथा व्यापार व्यवसाय सञ्चालन गर्न आग्रह गरेको गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले जानकारी दिनुभयाे ।

    उहाँका अनुसार अनावश्यक भीडभाड, सभा जुलुस, जात्रा, महोत्सव र धार्मिक तथा सांस्कृतिक कार्यक्रम गर्न, सैलुन, व्युटीपार्लर, फुटपाथ पसल, जिमखाना र पुल हाउस, सबै प्रकारका शैक्षिक संस्था एवं तालिम तथा प्रशिक्षण केन्द्रहरु भने अर्को सूचना नभएसम्मका लागि बन्द रहनेछन् ।

    बैठकले म्याग्दे गाउँपालिका–६ मा समुदायस्तरमा कोरोना सङ्क्रमण देखिएकाले उक्त वडाको मूलवाराही टोल विकास संस्था अन्तर्गत सेराफाँट बस्तीलाई सात दिन शिल गर्ने साथै उक्त क्षेत्रमा बसोबास गर्नुहुने सम्पूर्ण जनसमुदायमा थप सजगता अपनाई सुरक्षित रहन अनुरोध गर्ने निर्णय गरेको प्रवक्ता शिवशरण वाग्लेले जानकारी दिनुभयो ।

    गाउँपालिकाले व्यास नगरपालिका–३ स्थित कृषि विकास बैङ्कको भवनमा स्थापना गर्न लागिएको आइसोलेशन कक्ष सञ्चालनका लागि दमौली अस्पताललाई रु तीन लाख उपलब्ध गराउने निर्णय समेत गरेको छ ।

    Image may contain: text