


तनहुँ, १३ कात्तिक । तनहुँको दमौलीलाई केन्द्रमा राखेर तयार गरिएको नयाँ नेपाली गीत ‘दमौलीमा घरजम्’ सार्वजनिक भएको छ। उक्त गीतमा लोकप्रिय गायिका मेलिना राई र गायक सन्तोष परियारको स्वर रहेको छ।
तीर्थखेम गुरुङको प्रस्तुति रहेको गीतको शब्द तथा संगीत पनि गुरुङले नै तयार पारेका हुन्। गीतमा प्रदीप लामा, चाहना राना मगर र टार्जन गुरुङले अभिनय गरेका छन्।
गीतको मिक्सिङ तथा मास्टरिङ विनोद परियारले गरेका हुन् भने मादलमा पोषण घर्ती मगर, बाँसुरीमा रत्न बीके र सारङ्गीमा धर्म गन्धर्वले साथ दिएका छन्। गीतको रेकर्डिङ ओजोन स्टुडियोमा गरिएको हो। रेकर्डिस्टको जिम्मेवारी रमेश खड्काले सम्हालेका छन्।
खेम गुरुङ निर्माता रहेको गीतको निर्देशन, छायाङ्कन तथा सम्पादन निकोलस गुरुङले गरेका छन्। गीतको पटकथा तथा सहायक निर्देशन रोहन नेपालीले सम्हालेका छन् भने कोरियोग्राफी चाहना थापा मगरले गरेकी छन्।
स्थानीय परिवेश, कला र संस्कृतिलाई गीत–संगीतमार्फत प्रस्तुत गर्ने उद्देश्यसहित तयार गरिएको ‘दमौलीमा घरजम्’ ले राम्रो प्रतिक्रिया पाउन थालेको छ ।