गण्डकीमा ४० जना काेराेना संक्रमित थपिए
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    गण्डकीमा ४० जना काेराेना संक्रमित थपिए

    खबरपुञ्ज संवाददाता

    १८ भाद्र २०७७, शुक्रबार

    पाेखरा : पाेखरा महानगरपालिकामा १६ जना सहित गण्डकीमा ४७ जना काेराेना भाइरस संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले शुक्रबार विहान विज्ञप्ति जारी गरेर दिएकाे जानकारी अनुसार पाेखरामा थपिएका १६ जना मध्ये ७ जना नेपाल प्रहरीमा कार्यरत हुन् । उनीहरु वडा नम्बर १५ मा कार्यरत छन् ।

    त्यस्तै पाेखराकाे वडा नम्बर १० मा ३ जना, वडा नम्बर २७ मा २ जना र वडा नम्बर ७, १२, १४, ५, र ३० मा एक एक जना संक्रमित थपिएका छन् । यसैगरी नवलपुरमाा १७ जनालाई काेराेना संक्रमण पुष्टि भएकाे छ । ती मध्ये १६ जना गैडाकाेटका छन् भने १ जना देवचुलीका हुन् ।

    त्यस्तै लमजुङमा ३ जना, स्याङ्जामा १ जना, बाग्लुङमा १ जना र तनहुँमा २ जनामा काेराेना संक्रमण पुष्टि भएकाे गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएकाे छ । शुक्रबार विहानसम्म गण्डकी प्रदेशमा संक्रमितकाे संख्या २ हजार ३ सय ५२ पुगेकाे छ ।