शुक्लागण्डकी जेसिसले शैक्षिक क्षेत्रमा परेको प्रभावबारे अन्तरक्रिया गर्ने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    शुक्लागण्डकी जेसिसले शैक्षिक क्षेत्रमा परेको प्रभावबारे अन्तरक्रिया गर्ने

    खबरपुञ्ज संवाददाता

    १८ भाद्र २०७७, शुक्रबार

    तनहुँ : चैतदेखी देशका सबैजसो शैक्षिक संस्था बन्द छन् । कोरोना भाईरस (कोभिड–१९) संक्रमणको जोखिममा शैक्षिक संस्था हुने भएकाले अझै खुल्ने टुंगो छैन् । लगभग आधा शैक्षिक शत्र सकिने बेलासम्म विद्यालय जान नपाएका विद्यार्थी र अभिभावक अन्योलमा छन् । यसै सन्दर्भमा शुक्लागण्डकी जेसिजले कोरोनाको प्रभावले शैक्षिक क्षेत्रमा देखिएका चुनौती र अवसरबारे वहस गर्ने भएको छ ।

    शनिबार विहान ११ बजेदेखी जुम अनलाईनमार्फत तीन घण्टा वहस गरिने शुक्लागण्डकी जेसिजका कोषाध्यक्ष कृष्णबहादुर श्रेष्ठले जानकारी दिनुभयो । उहाँको अनुसार शुक्लागण्डकी नगरपालिकाका शिक्षा शाखा प्रमुख नवराज चापागाई, नेपाल जेसिज बर्ष २०२० का अध्यक्ष अशोक शंकर, त्रिभुवन विश्वविद्यालयका पुर्व कुलपती प्राध्यापक डाक्टर कृष्णप्रसाद गौतम, अनुसन्धानकर्ता बिष्णु थापा र श्रीनिवास माधवन लगायतले शैक्षिक शत्र चुनौतीसंगै अवसरको बारेमा बहस गर्नुहुनेछ ।


    शुक्लागण्डकी जेसिजले यस क्षेत्रमा विभिन्न सामाजिक कार्य गर्दै आईरहेको छ । लकडाउनको बेला जेसिजले दिर्घरोगीलाई निशुल्क औषधी वितरण गरेको थियो । रक्तदान कार्यक्रम, विभिन्न सच्ेतनामुुलक कार्यक्रम गर्दै आईरहेको छ ।