अर्घाखाँचीमा एक कैदीको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • लुम्बिनी

    अर्घाखाँचीमा एक कैदीको मृत्यु

    खबरपुञ्ज संवाददाता

    २० भाद्र २०७७, आईतवार

    बुटवल : अर्घाखाँचीमा एकको कैदीको मृत्यु भएको छ । अर्घाखाँची कारागारका कैद भुक्तानी गरिरहेका ४६ वर्षीय विजय पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    चोरी मुद्दामा कैद सजाय भुक्तान गरिरहेका उनको शरीर एक्कासी सुन्निएपछि उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ल्याइएकामा आइतबार बिहान मृत्यु भएको प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ ।