तनहुँ : तनहुँको बन्दीपुर गाउँपालिकाले भदौ २३ गते मंगलबारदेखि लकडाउन खुकुलो बनाउने निर्णय गरेको छ । भदौ १८ गते र विभिन्न मितिमा गरिएको पिसीआर परीक्षणको नतिजा अनुसार भारतबाट आउने एक जना बाहेक सबैको नतिजा नेगेटिभ आएकाले मंगलबारदेखि लकडाउन खुकुलो गर्ने निर्णय भएको गाउँपालिकाले जनाएको छ । यस अगाडी गाउँपालिकाले भदौ २४ गते राति १२ बजेसम्म लकडाउन गर्ने निर्णय गरेको थियो ।
गाउँपालिकावासीको दैनिक जीवनयापनमा सहजता ल्याई र लकडाउनलाई समेत प्रभावकारी बनाउने उद्देश्यले प्रत्येक दिन दिउँसो २ बजेसम्म बजार क्षेत्रमा पसल एवं व्यवसाय, बैंक लगायत वित्तीय संस्था खोल्ने निर्णय भएको प्रवक्ता धु्रवप्रसाद लामिछानेले जानकारी दिनुभयो ।